newskoseli.Com

इन्टरपोलका घुस्याहा पूर्वप्रमुखलाई साढे १३ वर्ष जेल सजाय

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ । घुसखोरीको आरोप लागेका इन्टरपोलका पूर्वप्रमुख मेङ होङ्वेलाई अदालतले जेल सजाय सुनाएको हो ।

उनी इन्टरपोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए । सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए । भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिनपिङको अभियानअन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो । मेङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकार गरेका छन् ।

तान्जिन नम्बर वान पिपल्स कोर्टले ५६ वर्षीय मेङलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ । अदालतका अनुसार मेङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सबाट सन् २०१८ को सेप्टेम्बरमा चीन गएका मेङ होङ्वे बेपत्ता भए ।

इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो । तर, उनी हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले पदबाट राजीनामा दिएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर