newskoseli.Com

अग्नि सापकोटाको नाम अकस्मात आयो यसरी पो !

बजारको अनुमान छ– सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पाखुरै सुर्किएरै आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराइछाडेका छन् । तर, वास्तविकता भने फरक रहेछ ।

आइतबार अपराह्न बसेको नेकपाको सचिवालय बैठकमा उनले अग्निको ‘अ’ पनि भन्न पाएनन् । प्रचण्ड, माधव नेपाल, वामदेव गौतमतिर पालैपालो हेर्दै प्रधानमन्त्री केपी ओलीले सानो स्वरमा भने– ‘तपाईंहरु सबै एक भएर आउनुभयो, अब म के भनौं ।’

यदि आफ्नो पूर्वपार्टीको घेराबन्दी र चरम दबाबमा नपरेका भए प्रचण्ड आफैं पनि ‘भैगो त सुवासजीलाई नै गरौं’ भन्नेमा पुगिसकेका थिए । तर, त्यसमाथि ‘भैंसेपाटी गठबन्धन’ ले सभामुख जो भए पनि प्रस्तावक प्रचण्ड हुनुपर्छ भन्ने बल उनलाई दिइसकेपछि प्रधानमन्त्रीले सचिवालय बैठकमा धेरै केही बोलेनन् ।

‘भैंसेपाटी गठबन्धन’ का नारायणकाजी बाहेक चार भाइचाहिँ प्रचण्डले सभामुखको नाम फ्याटै भनिहाले हुन्थ्यो भन्नेमा थिए । तर, केपी ओलीले त्यो मौका नै दिएनन् र भनिहाले– ‘अग्नि सापकोटा’ । यसरी अग्निको नाम ओलीको मुखबाटै प्रस्तावित भयो । त्यसमा ‘हुन्छ–हुँदैन’ भन्ने प्रश्नै उठेन । प्रस्ताव पारित भयो र बैठक सकिएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

को हुन् अग्नि सापकोटा, चिनौं भिडियोबाट–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर