newskoseli.Com

२५ पाइलटद्वारा एकैसाथ सामूहिक राजीनामा

नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलो पटक दुई दर्जनभन्दा बढी पाइलटले एकैसाथ सामूहिक राजीनामा बुझाएका छन् ।

व्यवस्थापनका कारण निगम धराशायी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका ४ जहाजका ४० पाइलटमध्ये २५ जनाले बिहीबार सामूहिक राजीनामा दिएका हुन् ।

वाइडबडीका ३ र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् ।

राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्णरूपमा बन्द हुनेछ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल २ वटा न्यारोबडी र २ वटा वाइडबडी जहाजमार्फत ९ वटा गन्तव्यमा उडान भर्दै आएको छ ।

‘पाइलटहरूको सामूहिक राजीनामा आएको छ, सचिवज्यूले बोर्ड बैठक राखेपछि एजेन्डाका रूपमा पेस गर्नेछु’– निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले भने । व्यवस्थापनको कमजोरी र सुविधा तथा करका विषयमा विभेद गरेको भनेर राजीनामा आएको उनले बताए । राजीनामाको विषयमा सञ्चालक समितिले समाधान निकाल्ने चन्दले बताए । सामूहिक राजीनामा आउनु दुःखद् भएको बताउँदै पर्यटन सचिवलाई यस विषयमा जानकारी गराइसकेको चन्दले बताएको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर