newskoseli.Com

ज्यानमारा ट्रिपर : आफ्नै बिहेको निम्तो बाँडेर फर्किएकी रमिताको बाटैमा गयो ज्यान

पाँच दिनपछि उनको विवाह हुँदै थियो । सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । साथीहरुलाई आफ्नो बिहेको निम्तो दिन रमिता भट्ट कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति टोल गएकी थिइन् ।

रमिताले साथीहरुलाई निम्तो त बाँडिन् तर बिहे हुन पाएन । निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ ट्रिपरको ठक्करबाट मृत्यु भयो । दशरथचन्द नगरपालिका– १, गुरुखोला, बैतडी घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् ।

डेढ वर्षअघि उनी गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर आएकी थिइन् । अन्तर्जातीय सम्बन्ध भएकाले टेरसँगै बसिरहेकी उनलाई माइतीपक्षले स्वीकार गरेको थिएन । अहिले माइती पक्ष राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो । ‘माघ १३ मा विवाहको तयारी थियो, हामी सरसमान जुटाउनेदेखि निम्तो बाँड्ने काममा जुटेका थियौं,’ रमिताका ससुरा हरिसिंह टेरले फोनमा भने– ‘खबर सुनेपछि सबै भताभुङ्ग भयो ।’

छोरा प्रकाश र परिवारका अरू सदस्यसहित उनी महेन्द्रनगर आइरहेका छन् । साथीहरुलाई कार्ड दिन्छु भन्दै रमिता दिउँसो २ बजेतिर डेराबाट निस्केको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर