newskoseli.Com

थुन्ने आदेशसँगै फरार ‘सिद्धबाबा’ : अंगरक्षक नै रहेका प्रहरीको खेलाँची

सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम फर्किएका थिए । उच्च अदालतले बिहीबार जिल्ला अदालतको सो आदेशलाई बदर गरी गिरीलाई थुन्न आदेश दिन नपाउँदै उनी रहस्यमय ढङ्गले फुत्किएका छन् ।

उनी बिहान केही समर्थकका साथ सुनसरीको चतारास्थित आफ्नो आश्रमबाट उच्च अदालत जाने भनी हिँडे । मुद्दाको सुनवाइ जारी रहेकै बेला अदालत नगई सीधै जोगवनीतर्फ हान्निए । अनौठो कुरा त यौन दूराचारमा मुद्दा विचाराधीन रहेका उनका लागि सरकारले अङ्गरक्षक नै पो खटाएको छ ।

उनका लागि सरकारले अङ्गरक्षक खटाएका प्रहरी हवलदार मुकेश साहलाई नेपाल–भारत सीमामा पुगेपछि उनले फिर्ता पठाएका छन् । आफ्नै खेलाँचीले उम्कन दिएको प्रहरीले भने अदालतको आदेशपछि गिरीलाई व्यापक रुपमा खोजिरहेको छ । सिद्धबाबाले दिउँसो १ बजे सीमापार गरेको जानकारी आएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।

स्रोतका अनुसार उच्चबाट आफ्नो पक्षमा आदेश नआउने बुझेर गिरीले पहिल्यै नेपाल छाडेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर