newskoseli.Com

उपत्यकामा ४ वटा स्मार्ट सिटीको डीपीआर तयार

काठमाडौं उपत्यकामा प्रस्तावित चार वटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं इशान’ र ‘काठमाडौं आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं नैऋत्य’, काठमाडौंको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौं उत्तर’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको हो ।

प्रस्तावित चार वटै स्मार्ट सिटीको ‘डीपीआर’ तयार भइसकेको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले जानकारी दिए । सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष मङ्गलबार तिवारीले ‘डीपीआर’ बारे प्रस्तुतीकरण गरे ।

तिवारीका अनुसार प्रस्तुतिपछि स्मार्ट सिटी आयोजनालाई तीव्रता दिन मन्त्री बाँस्कोटाले निर्देशन दिएको खबर भउचप्रसाद यादवको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर