newskoseli.Com

‘विप्लव समूहमाथि निर्मम बन्नोस्’ : गृहमन्त्रीको उर्दी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरूद्ध निर्मम बन्न गृहमन्त्री रामबहादुर थापाले सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म चलेको सुरक्षा सम्मेलनमा १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रस्तुति र सुरक्षा अंगका प्रमुखको भनाइ सुनेपछि ‘विप्लव समूहमाथि कडा रूपमा प्रस्तुत हुन’ गृहमन्त्री थापाले निर्देशन दिएका हुन् । ‘दैलेखमा गाउँपालिकाका अध्यक्षलाई अपहरण गर्ने र सुर्खेतमा सुरक्षाकर्मीमाथि गोली प्रहार गर्ने समूहलाई त्यसै छोड्नु हुँदैन्,’ गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै एक सुरक्षा अधिकारीले भने– ‘विप्लव समूहका गतिविधिलाई पूर्णरूपमा नियन्त्रण गर्न सबै सुरक्षा अंगले समन्वय गर्दै कडा रूपमा प्रस्तुत हुनोस् ।’

विप्लव नेतृत्वको नेकपाले ७ पुसमा दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको अपहरण गरेको र त्यसको एक सातापछि पश्चिम सुर्खेतमा सुरक्षाकर्मीमाथि गोली प्रहार गरेको सुरक्षा निकायको आरोप छ । गोष्ठीमा कर्णालीका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका प्रमुखले ‘विप्लव समूहलाई स्थानीय तहका जनप्रनिधिहरुकै संरक्षण रहेको’ समेत बताए ।

‘विप्लव समूहलाई सहयोग गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउन’ गृहमन्त्री थापाले निर्देशन दिए । ‘राज्यले प्रतिबन्ध लगाएको समूहलाई सहयोग गर्ने जनप्रतिनिधिलाई पनि नछाड्नोस्,’ सम्बोधनका क्रममा गृहमन्त्री थापाले भने– ‘आपराधिक समूहको संरक्षणकर्ता पनि अपराधी नै हो ।’

आफ्नो इतिहास, वर्ग र धरातल बिर्सेर मुलुकलाई युद्ध र द्वन्द्वमा धकेल्ने  गरी गृहमन्त्री थापाले दिएको गैरजिम्मेवार अभिव्यक्तिसम्बन्धी यो खबर नगेन्द्र उपाध्यायको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर