पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आइतबार भारतको पश्चिमबंगाल जाँदैछन् । मंसिर २७ मा झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिम बंगाल जान लागेका हुन् ।
निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आइतबार बिहान ११ बजे काँकडभिट्टा छाड्नेछ ।
शाह दम्पत्तीले ती क्षेत्रमा रहेका धार्मिकस्थलको दर्शन गर्नुका साथै नेपालीभाषी र पश्चिम बंगालका उच्च तहका नेतालाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।