newskoseli.Com

‘७२ लाख नपाएर कान्तिपुरले समाचार लेख्यो’ : महासचिवको आरोप

चितवन सदरमुकाम भरतपुर बजारबाट झन्डै २० किलोमिटर पश्चिम भरतपुर– २३ जगतपुरमा पशुपतिनाथ मन्दिर छ । मन्दिरको व्यवस्थापन समितिले नै शनिबारदेखि नारायणी नदी किनारमा २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेर एक महिने महायज्ञको आयोजना गरेको छ ।

कहिले आफूलाई विष्णु प्रपन्नाचार्य त कहिले बालयोगेश्वर महाराज बताउने ठगी काण्डमा मुछिएका विजय भण्डारी महायज्ञको मुख्य वाचक भएको तथ्य खुलेपछि महायज्ञ नै विवादमा परेको छ । उदघाटन गर्ने भनेर शुक्रबार नै चितवन आएका उपराष्ट्रपति नन्दबहादुर पुन फर्किएपछि महायज्ञको रौनक त्यसै हराएको छ ।

महासचिवको आरोप : ‘७२ लाख नपाएर कान्तिपुरले समाचार लेख्यो’

महायज्ञ आयोजक समितिका महासचिव तथा प्रवक्ता दिलिप न्यौपाने पत्रकार सम्मेलनका क्रममा निकै आक्रोशित देखिए । ‘महाराज’ को बचाउमा उत्रेका उनले ‘कान्तिपुर’ माथि गम्भीर आरोप लगाए । ‘तीन दिन अगाडि उहाँहरुको बार्गेनिङ चलेको थियो, ७२ लाख रुपैयाँ हामीले पाउनुपर्छ भन्या छन्; ७२ लाख रुपैयाँ नपाएपछि यो समाचार आको छ’– उनको आरोप छ ।

कुन मितिमा, कसले र कहाँ पैसा मागेको हो र त्यसको कुनै प्रमाण आयोजकसँग छ भन्ने प्रश्नको उत्तर भने उनले दिन सकेनन् । उनले भने– ‘हामीले कुनै प्रमाण राखेका छैनौ किनकि हामीलाई यस्तो हुन्छ भन्ने नै थाहा भएन ।’

७२ लाख मागिएको प्रमाण पेस गर्न गरिएको प्रश्नमा भने उनले ‘महाराज’ ले आफूलाई त्यस्तो सुनाएको र यसको प्रमाण नभएको भन्दै पन्छिए । ‘गुरु’ ले गल्ती गरेको हो भने जेल पनि हाल्नुपर्ने चुनौती दिएका उनले अधिकांश समय पत्रकारप्रति आक्रोश पोख्नमै खर्चिए । ‘महाराज’ बारे समाचार लेख्ने एक अनलाइनप्रति पनि आक्रोश पोख्दै उक्त अनलाइनलाई ‘निस्तेज पार्ने’ धम्की समेत उनले दिए ।

महायज्ञ आयोजक समितिका अध्यक्ष लालबहादुर दवाडीले स्पष्टीकरणको शैलीमा वाचक ‘बालयोगेश्वर’ को समर्थन पनि नगर्ने र विरोध पनि नगर्ने बताए । ‘उहाँका बारेमा छानविन हुनुपर्छ, सत्य भए कारबाही हुनुपर्छ; उहाँले कुकृत्य गरेको हो भने उहाँ को हो र कारबाही नगर्ने ?’ दवाडीले भनेको खबर जनकराज सापकोटाको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकको पृष्ठ– १४ मा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर