newskoseli.Com

‘यतीको स्वरूपमा ठट्टा’ : रहस्यमय बेढंगे मूर्ति

‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि बनाइएको ‘यती’ को मस्कट चर्को विवादमा परेको छ । यतीको मस्कटलाई धेरैले सुमो खेलाडी, पहलमान, लाफिङ बुद्ध या हनुमान हुन सक्ने बताएका छन् ।

भ्रमण वर्षको प्रवर्द्धन गर्न सरकारले यतीको यो स्वरूप अघि सारेको हो । यसबाट २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर, यतीको आधिकारिक प्रमाण कसैसँग छैन । पर्वतारोहीले नेपालको हिमाली भेगमा यतीको पाइला देखेको बताउँदै आएका छन् । अनुसन्धानकर्ताले पनि यसको स्वरूपको वर्णन गरेका छन् ।

सन् १८३२ मा नेपालमा रहेका बेलायती अध्येता ब्रायन हड्सनले हिमाली भेगमा शरीरभर रौं भएको भयंकर जीव (यती) ले आफ्ना सहयोगीलाई आक्रमण गरेको उल्लेख गरेका छन् । ‘विभिन्न विवरण, पर्वतारोहीका भनाइ र लोककथामा यतीको टाउको कोणात्मक भएको वर्णन छ,’ भूगोलविद् तथा यतीसम्बन्धी पुस्तकका लेखक रामकुमार पाँडे भन्छन्– ‘शरीरमा बाक्लो रौं हुन्छ र पाइला पनि विशेष खालको हुन्छ ।’

भ्रमण वर्षमा सार्वजनिक गरिएको यतीको शरीर भने चिल्लो छालाजस्तो देखिन्छ । स्वरूप पनि पहलमानजस्तो छ । कपाललाई जुरो बनाइएको छ । ‘यतीलाई विश्वभर चिनाउन सरकार संवेदनशील भएको देखिँदैन,’ लेखक पाँडे भन्छन्– ‘यतीको स्वरूपमा ठट्टा भएको छ ।’

भ्रमण वर्ष, खासै सम्बन्ध नभएको यतीको चर्चा र रहस्यमय तरिकाले प्रचारमा ल्याइएकाे बेढंगे मूर्तिसम्बन्धी यो खबर सपना महर्जनको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर