newskoseli.Com

टुँडिखेल बृहत् बनाइँदै : सरकारले अघि सार्‍यो यस्तो योजना

काठमाडौंको मुख्य भागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘वृहत्तर टुँडिखेल गुरुयोजना’ अघि सारेको छ ।

सरकारको अहिलेको योजनाअनुसार काम भएमा टुँडिखेल क्षेत्र बृहत्, हराभरा र अन्तर्राष्ट्रियस्तरमा नै चिनाउन लायक बन्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको रानीपोखरी, टुँडिखेल, रंगशालालगायतका क्षेत्रलाई समेटेर बृहत् गुरुयोजनाको कार्य अघि सारेको हो ।

रानीपोखरी, रत्नपार्क, खुलामञ्च, टुँडिखेल, सहिदगेट, दशरथ रंगशाला, भृकुटीमण्डपलगायतका भागलाई समावेश गरी बृहत् गुरुयोजना बनाइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । ‘यस बारेमा सम्बन्धित पक्षसँग परामर्श जारी छ, सबै पक्षबीच सहमति जुटेपछि यसलाई अन्तिम रूप दिनेछौं’– उनले भनेको खबर टेनिस रोकाको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर