newskoseli.Com

‘भ्रष्टाचारीलाई मृत्युदण्ड देऊ’ : नेकपा बैठकमा केन्द्रीय सदस्यको माग

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था हुने गरी कानुन बनाउनुपर्ने माग उठेको छ । देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदै गएकाले मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग जारी केन्द्रीय कमिटीको बैठकमा उठेको हो ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरू पारदर्शी हुनुपर्ने आवाज उठाएका छन् । समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग आफ्नो समूहमा उठेको बताए । ‘भ्रष्टाचार संस्थागतरूपमा अगाडि बढेको छ, अहिले मृत्युदण्डको कानुन नभएकाले सरकारले यस्तो कानुन बनाउनुपर्ने माग उठेको छ,’ गैरेले भने– ‘सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्छ र मृत्युदण्डको व्यवस्थाले मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ ।’

उनीहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), यती होल्डिङ्स प्रालिलाई देशभरका महत्त्वपूर्ण जग्गा अत्यन्तै सस्तो भाडामा दिइएको लगायतका विभिन्न विषयमा गम्भीर छानबिन गर्न आयोग गठन हुनुपर्ने समेतका माग उठाएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर