newskoseli.Com

कुहिएको चामल झुक्याएर बेच्ने खाद्य कम्पनीको यस्तो तयारी !

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती चामल प्रशोधन गरेर बिक्री गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कुरिरहेको छ ।

कुहिएको चामल पूरै नष्ट गर्न नदिइने खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए । उनले भने– ‘अहिले अख्तियारले छानबिन गरिरहेको छ त्यसकारण हामीले केही चलाएका छैनौं, छानबिनपछि चामल प्रशोधन गरेर पशुदानाका लागि भए पनि प्रयोगमा ल्याउने योजना छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनलगत्तै चामल प्रशोधन गर्ने उनको भनाइ रहेको खबर कौशिला कुँवरको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर