‘हाई प्रोफाइल’ हरुको भ्रष्टाचारका मुद्दाको सुनुवाईमा सर्वोच्च अदालतले निरन्तर विलम्ब गर्दै आइरहेको छ । झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेका भ्रष्टाचारसम्बन्धी मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ ।
६ फागुन, २०६९ मा दर्ता भएको नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा पटक–पटक ‘पेसी तोकेर फाइल मगाउने’ आदेश मात्र भएको छ ।
जोशीको भ्रष्टाचार मुद्दामा ४६औं पटक पेसी तोकेर अन्तिम किनारा लगाउन सुनुवाइ भइरहँदा जोशीका कानुन व्यवसायीले यसअघि आय गणनामा भएको व्याख्याविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले सो फैसला नभएसम्म रोक्न माग गरेपछि मुद्दाको पेसी तोक्ने काम रोकिँदै आएको खबर नीराजन पौडेलको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।