निर्माण व्यवसायी (ठेकेदारहरु) को चरम लापरबाहीका कारण मुलुकभरका ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् ।
सडक विभागअन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिव २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरबाहीका कारण ९६ वकटा पुल अलपत्र अवस्थामा रहेको पाइएको छ ।
संघीय संसदको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा पुल निर्माण कार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन रहेको भन्दै सांसदहरुले आक्रोश व्यक्त गरे ।
अन्तरमन्त्राल समन्वय हुन नसक्दा विकास निर्माणका कामहरु प्रभावित भएको भन्दै समन्वयकारी भूमिका कमजोर भएकोप्रति ध्यान दिनुपर्ने उनीहरुले बताएको खबर मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।