newskoseli.Com

‘प्रदेश– २ सरकारको नेतृत्व हामीलाई, उपसभामुख तिमीलाई’ : राजपालाई प्रधानमन्त्रीको शर्त ’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग उपसभामुख पद लिने भए प्रदेश– २ सरकारको समीकरण फेर्नुपर्ने शर्त राखेको छ ।

राजपा नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन् तर त्यसका लागि प्याकेजमा सहमति गर्नुपर्ने सत्तारुढ दलका नेताहरूको भनाइ छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेता महन्थ ठाकुरबीच कुराकानी भएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार कुराकानीमा प्रधानमन्त्रीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए । तर, यस विषयमा ठाकुरले स्पष्ट जवाफ दिएनन् । स्रोतका अनुसार प्रधानमन्त्रीले उपसभामुख पदसँगै प्रदेश– २ सरकारको समीकरण फेर्न ठाकुरसँग प्रस्ताव गरेका थिए ।

उपसभामुखका लागि प्रधानमन्त्रीका थप शर्तहरूमा राजपा संघीय सरकारमा आउनुपर्ने त्यसपछि मात्र संवैधानिक आयोग र राजदूतहरूमा सहमति गर्न सकिने रहेका छन् । यस विषयमा ठाकुरसँग जिज्ञासा राख्दा प्रस्ट जवाफ दिएनन् । अहिले आफू बैठकमा व्यस्त रहेको भन्दै बैठकपछि यसबारेमा पछि जवाफ दिने बताएको खबर भुवन शर्माको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर