newskoseli.Com

सहरी विकास राज्यमन्त्रीको अमूर्त प्रस्ताव : मिनी चक्रपथ बनाऔं, जाम घटाऔं

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले हरेक नगरपालिकाले कम्तिमा तीन किलोमिटरको मिनी चक्रपथ निर्माण गराए उपत्यकाको जनघनत्व कम गरी सवारी साधनको चाप घटाउन योगदान पुग्ने बताएका छन् ।

तारकेश्वर नगरपालिकाको छैटौं नगरसभाको उदघाटन गर्दै राज्यमन्त्री मानन्धरले भने– ‘काठमाडौं सांस्कृतिक, पुरातात्त्विक महत्त्वका संरचनाले भरिपूर्ण सहर हो, सुविधाको खोजीमा सबै यही थुप्रिएका छौं ।’ उपत्यकाका सबै नगरपालिकाले आफ्नो क्षेत्र वरिपरि तीन किलोमिटरको सानो चक्रपथको अवधारणा कार्यान्वयन गर्ने हो भने यहाँको जनघनत्वलाई कम गर्न विशेष सहयोग पुग्ने उनले बताए ।

त्यस्तो चक्रपथ लैङ्गिक, अपाङ्गतामैत्री सार्वजनिक शौचालय, बसपार्कसहितको बनाउनुपर्ने सुझाव समेत उनले दिएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर