newskoseli.Com

को बन्दैछ नयाँ आईजीपी ? फेरिँदै प्रहरीको नेतृत्व

नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल सुरु भएको छ । ३० वर्षे सेवा अवधिका कारण माघ २८ गते मङ्गलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदाइ हुने छन् । त्यसैकारण नयाँ प्रहरी महानिरीक्षक नियुक्तिका लागि छलफल सुरु भएको गृह मन्त्रालय स्रोतको भनाइ छ ।

सम्भवतः प्रहरीको नयाँ नेतृत्व चयनका विषयमा २७ गते साँझसम्ममा सरकारले निर्णय गरिसक्ने अपेक्षा गरिएको छ । प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश– १ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् ।

डीआईजी ज्ञवाली र लम्साल २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् । वर्तमान महानिरीक्षक खनालका एकै विज्ञापनमा ज्ञवाली र लम्साल सेवा प्रवेशमा वैकल्पिक उम्मेदवार भएका कारण पाँच महिना ढिलो नियुक्ति पाएका थिए । सोही समूहका सूर्यप्रसाद उपाध्याय भने डीआईजी बढुवा हुँदा पछाडि परेका थिए ।

अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७औं प्रहरी महानिरीक्षक बन्ने छन् । त्यो पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नै नभई सीधै डीआईजीबाट आईजीपी हुने खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर