newskoseli.Com

स्ववियु निर्वाचन एक महिना सर्दै, कहिले हुँदैछ त ?

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा फागुन १४ का लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन झन्डै एक महिना पछाडि सर्ने भएको छ ।

निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी पूरा गर्न नसकेको जनाएपछि पूर्वनिर्धारित कार्यतालिकामा निर्वाचन हुने सम्भावना टरेको हो । यस बीचमा विश्वविद्यालयले निर्वाचन तयारीका विषयमा मातहत क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यार्थी सङ्गठनसँग छलफल गरे पनि निर्वाचनका लागि वातावरण बन्न सकेन ।

रिक्त पदाधिकारी नियुक्ति गरेर अगाडि बढ्न विद्यार्थी सङ्गठनले माग गरेको नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का महामन्त्री दीपक भट्टराईले बताए । नेविसङ्घ केन्द्रीय समिति गठन भइसकेको अवस्थामा निर्वाचनमा जान आफूहरूलाई कुनै समस्या नहुने उनको भनाइ छ । नयाँ मिति तय गरेर निर्वाचनमा जान सङ्घ तयार रहेको उनले जानकारी दिए ।

अनेरास्ववियुका संयोजक ऐन महरले पनि सबै क्याम्पसमा निर्वाचन हुने तर पूर्वनिर्धारित कार्यतालिका भने झन्डै एक महिना पर सर्ने अवस्था रहेको बताए । नेविसङ्घले तयारीका लागि एक महिना हाराहारीको समय चाहिन्छ भनेकाले चैत दोस्रो सातातिर निर्वाचन हुने संयोजक महरको भनाइ रहेको खबर शेषकान्त पण्डितको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर