newskoseli.Com

कालिमाटीका १५ थरी तरकारीमा खानै नहुने विषादी !

देशकै ठूलो तरकारी बजार कालिमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ ।

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को तुलनामा चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो सात महिनामा कालिमाटी बजारमा भित्रिएको तरकारीको नमूना परीक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो ।

सो एकाइका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा १ हजार ४ सय २ वटा नमूना परीक्षण गरिएकामा १२ वटा नमूनामा खानै नहुने विषादीको मात्रा भेटियो भने ३ वटा ८–१० दिन पर्खेर मात्रै खान मिल्ने पाइएको खबर सीता शर्माको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर