newskoseli.Com

मसानघाटको जग्गा पनि प्लटिङ, त्यो पनि किर्ते गरेर !

बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि अकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ ।

कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत बाँकी राखेन । उनीहरुले किर्ते गरी मसानघाटको जग्गा प्लटिङ गरेको पाइएको छ । आयोजनासँगै बारा भित्रिएका भूमाफियाले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गा समेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ ।

बाराको जितपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर कित्ताको ६ बिघा ८ कठ्ठा मसानघाट प्रोपर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो । मसानघाट भनी उल्लेख भएको कित्ता नं. ५९ को ६ बिघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० मा नेपाल सरकारले ऐलानी श्रेस्ता बदर गरेर किर्ते गरी भूमाफियाको उक्त कम्पनीले प्लटिङ गरेर बेचेको पाइएको खबर प्रकाश लम्सालको बाइलाइनमा मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर