newskoseli.Com

दिल्लीमा मोदीको पार्टी धूलोपीठो, फेरि बढारिदिए केजरीवालले !

भारतको राजधानी दिल्लीमा हालै भएको विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले अत्यधिक बहुमतका साथ जित हासिल गरेको छ । ७० सिटका लागि भएको निर्वाचनमा आपले ६३ सिट जितेको छ, जुन ८८.५७ प्रतिशत हो ।

भाजपा ७ सिटमा सीमित भएको छ । दिल्लीमा पहिले १५ वर्ष लगातार शासन गरेको भारतीय कंग्रेस यो चुनावमा शून्य देखिएको छ । मतपरिणामले भारतमा नयाँ राजनीतिलाई जन्म दिएको केजरीवालले बताए । उनले भने– ‘दिल्लीका जनताले निर्वाचनमा जसले स्कुल बनाउँछ, क्लिनिक बनाउँछ, २४ घन्टा बिजुली सस्तोमा दिन्छ, त्यसलाई भोट दिने सन्देश दिएका छन् ।’

कामका आधारमा राजनीति गरेको उल्लेख गर्दै आगामी पाँच वर्ष दिल्लीका २ करोड जनतासँग मिलेर काम गर्ने शक्ति हनुमानजीले प्रदान गरून् भन्दै केजरीवालले मतदातालाई धन्यवाद दिएका छन् । उनले भने– ‘दिल्लीका जनताले तेस्रो पटक पनि आफ्ना छोरालाई जिताएका छन्, यो जित ती सम्पूर्ण परिवारको जित हो, जसले मलाई आफ्नो छोरा मानेर जबर्जस्त समर्थन गर्नुभयो ।’

भाजपालाई विधानसभा चुनावले धक्का दिएको छ । सुषमा स्वराज नेतृत्वको सरकारले सन् १९९८ मा चुनाव हारेयता भाजपाले दिल्लीमा नेतृत्व गर्न पाएको छैन । दिल्लीमा भाजपाको रणनीति सफल हुन सकेन । पछिल्लो समयको नागरिकता संशोधन कानुन (सीएए) का कारण निर्वाचनमा भाजपाले धक्का खाएको विश्लेषण भइरहेको छ ।

सीएएको विरोधमा दिल्लीको साहिन वागमा भइरहेको विरोध प्रदर्शनको मुद्दा पनि भाजपाका लागि प्रत्युत्पादक सावित भयो । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको आक्रामक प्रचार अभियान र हिन्दूत्वको राजनीति प्रभावहीन देखिएको खबर आशा थपलियाको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर