newskoseli.Com

‘नेपाल हेर्न’ दिल्लीमा ‘शक्तिशाली’ टिम !

नेपालको केन्द्रीय सरकारमा नयाँ सहयात्रीको आगमनपूर्व भारतले नेपालमाथिको हेराईलाई गहिरो पारेको छ । अहिलेका विदेशमन्त्री एस जयशंकर सुष्मा स्वराज विदेशमन्त्री हुँदा सचिवको हैसियतले सीधै नेपाल मामिला तय गर्थे । संविधान निर्माणसहितका विभिन्न सन्दर्भमा उनले काठमाडौं आउजाउ पनि गरेकै हुन् । सँगसँगै काठमाडौंस्थित दूतावासमा काम गरिसकेका शशी तोमर नेपाल–भूटान मामिला हेर्ने इन्जार्च बन्दैछन् ।

‘रअ’ को सेकेन्ड म्यानका रुपमा काठमाडौं बसिसकेका सुब्रत दास भूटानबाट दिल्ली फर्किएर विदेश मन्त्रालयमा लियाजो अफिसरका रुपमा काम गरिरहेका छन् । यिनीहरुले नेपाल मामिला मिहिन पाराले हेरिरहेका हुन्छन् । काठमाडौंस्थित दूतावासमा प्रवक्ता भएर बसिसकेका पियुष श्रीवास्तव अहिले नेपाल मामिलाका जिम्मेवार सहसचिव छन् । त्यहाँ रहेका सुधाकर शिकागोका लागि कन्सुलर जनरल भएर अमेरिका जाने भएपछि पियुष त्यहाँ लगिएका हुन् ।

त्यसमाथि प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल स्पष्टतः नेपालबारे जानकार हुने नै भए । उनीसँग हाम्रा राजदूत नीलाम्बर आचार्यले एक वर्षसम्म समय माग्दा–माग्दा अन्त्यमा गत साता भेट्न पाएका छन् । बुझिएअनुसार दिल्लीले प्रदेश– २ को बारेमा एउटा सुझाव दिएको छ– अहिले सरकार नफेर, राजपाकै मुख्यमन्त्री बनायो भने उपेन्द्र बिच्किएर हिरो बन्छन् ।

यसो भनेर दिल्लीले उपेन्द्रलाई माया गरेको त होइन । तर, नेकपाको साथ लिँदा राजपाको मैदान कमजोर हुन्छ भन्ने वास्तविकता चाहिँ बुझेको हुनुपर्ने खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर