newskoseli.Com

काठमाडौं महानगरभित्र अब ‘नाइट बस’ चल्दै

काठमाडौं महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग बुधबार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । विगतमा २०६९ भदौ १ देखि काठमाडौं महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि १८ महिनापछि यातायात व्यवसायी महासंघले सो सेवा बन्द गरेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर