newskoseli.Com

झलनाथ कार्यदलले एमसीसी ‘अध्ययन गर्न’ माग्यो थप १० दिन

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवादित बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलले १० दिन समय थप गर्न माग गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग १० दिन म्याद थपको माग गर्दै वरिष्ठ नेता एवं उक्त कार्यदलका संयोजक झलनाथ खनालले पत्राचार गरेका हुन् ।

‘हामीले अध्ययन गर्ने काम सकेका छौं, अब प्रतिवेदन लेख्न बाँकी छ, धेरै पक्षमा अध्ययन गर्नुपर्ने भएकाले समय लाग्यो,’ कार्यदलका संयोजक खनालले भने– ‘अझै १० दिन आवश्यक परेकाले म्याद थप्न अध्यक्षद्वयलाई पत्र लेखेको छु ।’ उनका अनुसार १ फागुनदेखि लागू हुने गरी थप १० दिन समय माग गरिएको छ । एमसीसी संसदबाट पास गराउने विषयमा विवाद बढेपछि यसबारे अध्ययन गर्न नेकपाले माघ १९ मा कार्यदल गठन गरेको थियो ।

कार्यदलको समयावधि बुधबारदेखि सकिँदै थियो । कार्यदलमा स्थायी कमिटी एवं संगठन विभागका सदस्य भीम रावल र स्थायी समितिका सदस्य एवं पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर