newskoseli.Com

ओली सरकारको २ वर्ष : २ अध्यक्षबीच चले यस्ता टकराव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ । तर, यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुलेर प्रशंसा गर्न सकेका छैनन् । सोही पार्टीका सरकारमा सहभागी नभएका अरु नेताले पनि सरकारको कामकारबाहीको प्रायः आलोचनै गरेका छन् । सरकार बनेको एक वर्ष नपुग्दै नेकपाभित्र ‘पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने’ भन्ने द्वन्द्व सुरु भयो ।

प्रधानमन्त्री ओली नेपालमा नभएका बेला पार्टीका तर्फबाट दाहालले अमेरिकाले भेनेजुयलामा नाकाबन्दी लगाएको प्रसंगमा भेनेजुयलाको समर्थन गर्दै २०७५ माघ ९ मा विज्ञप्ति जारी गरेपछि सरकार र पार्टीबीचको सम्बन्ध झनै तितो बनेको थियो । अध्यक्ष दाहालले अर्का अध्यक्ष ओली देशबाहिर भएका बेला दिएको वक्तव्यलाई लिएर पार्टी र सरकारमा तरंग पैदा भएको थियो । दाहालले विज्ञप्तिमा अमेरिकाको निन्दा गरेका थिए । भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको तथा सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको आरोप दाहालले लगाएका थिए ।

ओली नेपाल फर्केपछि दाहालको विज्ञप्ति पार्टीको आधिकारिक धारणा नभएको उनले बताइदिए । त्यसपछि दुई अध्यक्ष बीचको सम्बन्ध बिग्रेको थियो । २०७५ माघ २५ मा आयोजित एक सार्वजनिक कार्यक्रममा दाहाल सरकारविरुद्ध खनिएका थिए । संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै उनले सरकारको आलोचना गरेका थिए ।

सरकार शान्ति सम्झौता र संविधानको मर्मविपरीत चलिरहेको गम्भीर आरोप समेत प्रचण्डले लगाएका थिए । २०७६ जेठ ३ मा आयोजित पार्टी एकता दिवसमा पनि उनले सरकारको आलोचना गरेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर