newskoseli.Com

पहिले अन्तर्जातीय विवाह, अहिले जबर्जस्ती गर्भपतन !

फाइल तस्बिर

पाँचथरमा अन्तर्जातीय प्रेमविवाह गरेकी १९ वर्षीया युवतीको जबर्जस्ती गर्भपतन गराइएको छ । कुम्मायक गाउँपालिका– ५, स्याबरुम्बाका रमेश खड्काकी श्रीमती सीता नेपालीको गर्भपतन गराइएको हो ।

यो जघन्य अपराधमा श्रीमान् रमेशसहित परिवारका सदस्य मात्रै होइन, जनप्रतिनिधि नै मुछिएका छन् । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा जबर्जस्ती गर्भपतन गराएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी छन् । पीडितले २२ माघमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको भोलिपल्टैदेखि अध्यक्ष चेम्जोङ भने फरार छन् ।

त्यतिबेला काठमाडौंमा रहेकी उपाध्यक्ष सीता आचार्यलाई कार्यभार सुम्पिएको निर्णय गराएर चेम्जोङ गायब भएको खबर सरोज शर्माको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर