newskoseli.Com

‘बेचैनीमा प्रधानमन्त्री : कहिले डिनर ख्वाउँछन्, कहिले सारंगी रेट्छन्’

प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टीभित्र मात्र होइन, बाहिरी मोर्चामा पनि रक्षात्मक भएका छन् । सरकार हाँकेको दुई वर्ष पुगिसक्यो तर पनि पार्टीकै प्रभावशाली नेताहरु सरकारले गरेका कामको खुलेर प्रशंसा गर्दैनन् ।

स्थायी कमिटीका सदस्य नै भन्छन्– ‘बेचैनीमा रहनुभएका ओली कहिले डिनरको आयोजना गर्नुहुन्छ, कहिले सारंगी रेट्नुहुन्छ ।’ पछिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीसँग जनताको लोकप्रिय मत, आफैंले इच्छाएका मन्त्रीहरु र ड्याङड्याङ निर्णय गर्न सक्ने तागत थियो । ओली समेतको नेतृत्वमा ठूला कम्युनिस्ट दलहरु एमाले र माओवादीबीच एकता भएर नेकपा बन्यो ।

मुलुकको सबभन्दा ठूलो राजनीतिक दल नेकपाको पहिलो नम्बरको शक्तिशाली अध्यक्ष पनि उनी नै छन् । परिस्थिति यति धेरै अनुकुल हुँदाहुँदै पनि अहिले ओलीको लोकप्रियताको ग्राफ क्रमशः ओरालो लाग्दै गएको विश्लेषण स्वयं ओलीवृत्तमै हुन थालेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर