newskoseli.Com

प्रेम अस्वीकार गरेपछि प्रहरीले हाने आफैंलाई गोली

सांकेतिक तस्बिर

‘प्रेम दिवस’ मा आफूले राखेको ‘प्रेम प्रस्ताव’ अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जहानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्री–नट–थ्री राइफलले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राइफल तानी आफैंलाई गोली हानेका हुन् ।

बन्दुकको गोली पेटको दाहिने कोखामा लागेर उनी घाइते भएका छन् । काठमाडौंमा उनको उपचार भइरहेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर