newskoseli.Com

सीसी क्यामेरा : थरीथरीका अपराधी समात्न बलियो आधार !

आपराधिक क्रियाकलापमा संलग्नलाई समात्न सीसी क्यामेरा महत्त्वपूर्ण साधन र बलियो बन्न थालेको छ । प्रहरीका अनुसार साना–ठूला अपराधमा संलग्नहरू सीसी क्यामेराकै सहायताले पक्राउ पर्दै आएका छन् ।

सीसी क्यामेरामा कैद भएका फुटेजको सहयोगमा प्रहरीले फरार अभियुक्तलाई समातेर कारबाहीको दायरामा ल्याएका उदाहरण धेरै छन् । कतिपय शंकास्पद घटनाको पुष्टि गर्न पनि सीसी क्यामेराकै प्रयोग हुने गरेको छ । यसको एउटा ज्वलन्त उदाहरण हो– माघ २४ गते शुक्रबार बिहान भएको कलंकीस्थित अन्डरपासको दुर्घटना ।

त्यहाँ बा ४ ख ८५७९ नम्बरको ट्रिपरले ठक्कर दिँदा प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको थियो । ठक्करपछि ट्रिपर भागेको थियो । तर, प्रहरीले सीसीटीभी फुटेजका आधारमा सोही दिन दिउँसोपख ट्रिपर र चालकलाई नियन्त्रणमा लियो ।

मंसिर ७ गते मर्निङ वाकमा निस्किएका चिकित्सक प्रभु जोशी नयाँ बानेश्वरस्थित जेब्रा–क्रसबाट सडक पार गर्ने क्रममा दुर्घटनामा परे । सिभिल हस्पिटलमा आबद्ध उनलाई ठक्कर दिएर गाडी भागेको थियो । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले सीसीटिभी फुटेजका आधारमा घटनाको तीन दिनपछि रामेछापबाट बा ३ ख ६१४ नम्बरको बससहित चालकलाई नियन्त्रणमा लिएको खबर शिवहरि घिमिरेको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर