newskoseli.Com

‘साहुनी’ मुना घाँटी कसिएर, ‘कामदार’ विजय झुन्डिएर मरे

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध (स्ट्रयाङ्गुलेसन) का कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिएको छ । घाँटीको भाग अत्यधिक रुपमा कसिन पुग्दा स्ट्रयाङ्गुलेसन हुन्छ ।

स्ट्रयाङ्गुलेसनका कारण मुनाको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । ‘मुना कार्कीको पोस्टमार्टम रिपोर्ट आएको छ, रिपोर्ट अध्ययन गर्दा उनको मृत्यु स्ट्रयाङ्गुलेसनका कारण भएको देखिन्छ, यो भनेको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध हुनु हो,’ उनले भने– ‘यसमा विजय चौधरीको संलग्नता रहेको तथ्य सीसी क्यामेरा फुटेजबाट पुष्टि भएको छ ।’

२७ माघको बिहान १०ः१० बजे लमहीका २२ वर्षीय विजय चौधरीले नाइलनको डोरी प्रयोग गरी मुनाको घाँटी कसेका थिए । डोरीको कसाइका कारण मुनाको मस्तिष्क र शरीरबीच रक्तसञ्चार हुन पाएन । अन्ततः सोही कारण उनको मृत्यु भएको थियो । घटनामा संलग्न चौधरीको भने झुन्डिएर (ह्याङ्गिङका कारण) मृत्यु हुन पुगेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

‘चौधरीको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ह्याङ्गिङबाट भएको उल्लेख छ’– एसएसपी राईले भनेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर