newskoseli.Com

अन्तिममा किन रोकियो प्रदेशमन्त्रीको शपथ ?

२०७६ माघ २९ गते बिहानै प्रदेश सांसद रामेश्वर फुयाँललाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फोन गरे– ‘अपराह्न ४ बजे तपाईंको शपथ छ, मन्त्रीका लागि तयार भएर आउनुहोला ’!

मुख्यमन्त्री स्वयंले नै फोन गरेर शपथको समय दिएपछि फुयाँल दौरा–सुरुवालमा आइरन लगाएर प्रदेशमन्त्रीको शपथका लागि तम्तयार बसे । अधिकांश अनलाइन सञ्चार माध्यमले पनि केशव स्थापितको बर्खास्तीपछि मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार विकास मन्त्रीमा फुयाँललाई नियुक्त गरिएको समाचार प्रकाशित गरे ।

मन्त्री हुने चर्को हल्लीखल्ली भए पनि उक्त दिन फुयाँलको शपथ भएन । अर्को कल नआएपछि फुयाँल दौरासुरुवाल फुकालेर बसे । आखिर हुनै लागेको फुयाँलको शपथ किन रोकियो ? के आवश्यक परामर्शविनै मुख्यमन्त्री पौडेल अघि बढ्दा यस्तो अवस्था आएको हो ? बागमती प्रदेशका नेकपाका नेता तथा कार्यकर्ताले अहिले प्रश्न गरिरहेको खबर सोमबारको साँघु साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर