newskoseli.Com

राजीनामा दिन पनि श्रीमती साक्षी राख्नुपर्ने !

नेपाल प्रहरीमा राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ । प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतिसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो ।

घरपरिवार र श्रीमतीको सल्लाहविना नै राजीनामा दिँदा कतिपय प्रहरी कर्मचारीको परिवार नै अलपत्र पर्ने अवस्था सिर्जना भएको प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकाल्दै राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य गराएको छ । विभिन्न कारणले हरेक वर्ष प्रहरी कर्मचारीले राजीनामा दिने गरेका छन् ।

प्रहरी जवान र हल्वदारले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राजीनामा बुझाउन पाउने प्रावधान छ भने प्रहरी सहायक निरीक्षकले प्रहरी नायव महानिरीक्षकलाई र प्रहरी नायव निरीक्षकले प्रहरी अतिरिक्त महानिरीक्षलाई राजीनामा बुझाउने प्रचलन छ । प्रहरी निरीक्षकदेखि माथिल्लो पदका प्रहरी अधिकारीको राजीनामा भने प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट स्वीकृत गराउने गरेको छ ।

राजीनामा दिँदा श्रीमतीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको स्वीकार्दै नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीले भने– ‘प्रहरी कर्मचारीले राजीनामा गर्न पाउने अधिकार छ तर घरपरिवारको सहमति र श्रीमतीको उपस्थिति अनिवार्य गराएर मात्र स्वीकृत गर्ने गरेका छौं ।’

राजीनामापछि कतिपय प्रहरी कर्मचारीको पारिवारिक अवस्था दयनीय देखिएको बताउँदै राजीनामा दिन नपाउने भन्ने नभई श्रीमतीको अनिवार्य उपस्थितिमा मात्र स्वीकृत हुने उनले बताए । प्रहरीभित्र राजीनामा दिनेको संख्या हल्ला गरेजस्तो ठूलो नभएको प्रवक्ता क्षत्रीले दाबी गरे ।

राजीनामा दिँदा श्रीमती अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान लागू भएपछि राजीनामा दिने संख्यामा समेत कमी आएको प्रहरी प्रधान कार्यालयले जनाएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर