newskoseli.Com

कांग्रेस नेताहरुको अत्यन्तै ‘रहस्यमय’ भेटघाट

नेपाली कांग्रेसमा ‘संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र’ को वकालत गर्दै आएका नेताहरुले हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटेको प्रसंग अहिले चर्चाको विषय बनेको छ ।

कांग्रेस महामन्त्री डा. शंशाक कोइराला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य तथा भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय, एक मात्र महिला नलिनी ज्ञवालीसहितका १० जना नेपाली सहभागी मुख्यमन्त्री आदित्य नाथसँगको सामूहिक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसले अनेक प्रश्न सिर्जना गरेको छ ।

कांग्रेसको आगामी १४औं महाधिवेशनमा हिन्दू राष्ट्रको कार्यसूचीसहितका मुद्दाहरु लिएर सभापति पदमा दाबी गर्ने रणनीति बनाएका महामन्त्री शशांकसहितको यस भ्रमणलाई लिएर नेपाली कांग्रेसमा मात्र होइन, राष्ट्रिय राजनीतिमा नै महत्त्वका साथ लिँदै आशंकाका दृष्टिले चर्चा गर्न थालिएको छ ।

बेला न कुबेलाको यस भ्रमणले कतै नेपाली राजनीतिमा ‘कोर्स करेक्सन’ को पूर्वाभ्यास त भैरहेको छैन भन्ने प्रश्न उब्जेको खबर सोमबारको साँघु साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर