newskoseli.Com

नेपाल प्रहरीमा ‘चार भाइ’ को एकता ! किन बन्यो ‘गठबन्धन’ ?

नेपाल प्रहरीमा बेला–बेलामा गजबको गठबन्धन देखिने गरेको छ । अहिले पनि प्रहरीको नेतृत्वमा एउटा फरक खालको गठबन्धन बनेको छ । आफूहरुको ब्याच नै बर्बाद हुने अवस्था आएपछि चार सिनियर डीआईजीबीच ‘एकता’ भएको हो ।

प्रहरीको ९१औं टोलीका डीआईजीहरु शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न कार्कीले गठबन्धन बनाएका हुन् । ‘अस्वस्थ चलखे’ ल नभएमा ठाकुर ज्ञवालीपछि उनीहरु चार जनामध्येबाट एक आईजीपी हुनेछन् । तर, जुनियर ब्याचबाट अस्वाभाविक रुपमा उदाएका विश्वराज पोखरेल अहिले नै एआईजी भएर असारपछि आईजीपी हुने खेलमा लागेपछि उनलाई रोक्न चार डीआईजीले ‘एकता’ गरेका हुन् ।

आफ्नो जो भए पनि हुने तर जुनियर ब्याचबाट ‘ओभरटेक’ गराएमा त्यो काम संगठनकै लागि गलत हुने भन्दै उनीहरुले ‘गठबन्धन’ बनाएका हुन् । हालै अनौपचारिक बैठक बसेर उनीहरुले यस्तो रणनीति बनाएको खबर मंगलबारको दृष्टि साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर