newskoseli.Com

हजार ‘योगगुरु’ आउँदै : नेपालमै आयुर्वेदिक उत्पादन गर्न रामदेवको कार्यक्रम

‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ योग ‘गुरु’ रामदेव नेपाल आउने भएका छन् । करिव एक हजार योग ‘गुरु’, विभिन्न निकायका ‘विशिष्ट’ व्यक्ति र कर्मचारीसहित उनी नेपाल आउन लागेको पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिए ।

चैत २२ देखि पोखरामा आयोजना हुने तीन दिने योग शिविर सञ्चालन गर्ने र पश्चिमाञ्चलका तीन स्थानमा गुरुकुल संस्था सञ्चालनको ‘भूमिपूजा’ गर्न उनीहरु नेपाल आउन लागेका हुन् ।

संरक्षक सिंहका अनुसार योग शिविर र नेपाल भ्रमण सफल पार्न ५ सयदेखि १ हजार जनासम्म ‘गुरु’ र पतञ्जलीका उच्च अधिकारी नेपाल आउने खबर ईश्वरराज ढकालको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर