newskoseli.Com

राजधानीको कलेजभित्रै सहपाठीद्वारा छात्रामाथि बलात्कार

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । सोही क्याम्पसमा अध्ययरत एक छात्रले बिहान कक्षा सुरू हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छन् ।

पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो सेमेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ । माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रेसलाई प्रहरीले बुधबार मात्र गराएको हो ।

आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुर्व्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन् । पीडित छात्राले आफूले चिच्याएर प्रतिकार गरे पनि कसैले नसुनेको र झ्यालहरूमा पर्दा भएकाले बाहिरका व्यक्तिले नदेखेको जानकारी गराएकी छन् ।

बलात्कारपछि पीडित छात्रा पीडा लिएर घर फर्किएकी थिइन् । बलात्कारबाट अत्यधिक रक्तश्राव भएपछि उनले आफ्ना साथीहरूलाई घटनाका बारेमा जानकारी गराएसँगै घटना क्याम्पस प्रमुखसमक्ष पुगेको थियो । बलात्कारपछि रक्तश्रावका कारण पीडित छात्रा तीन दिन अस्पतालमा भर्ना समेत भएकी थिइन् ।

पीडक ढकालमाथि कारबाही गर्नुपर्ने माग गर्दै साथीको साथ लिएर पीडित छात्रा क्याम्पस प्रमुख जीवनकुमार भट्टराईसमक्ष पुगेकी थिइन् । पीडित छात्राले आफू बलात्कृत भएको मौखिक उजुरी गरेपछि प्रहरीमा जान सुझाव दिएको नेपाल कमर्स क्याम्पसका प्रमुख भट्टराईले जानकारी दिए । क्याम्पस परिसरभित्र यस्तो घटना हुनु दुःखद र गम्भीर भएको बताउँदै प्रहरी समक्ष उजुरी गर्न पीडित छात्रालाई आग्रह गरेको क्याम्पस प्रमुख भट्टराईले बताए ।

लगत्तै पीडित महिलाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा पीडक ढकालका विरुद्ध किटानी जाहेरी दिइन् र प्रहरीले पनि तत्काल कारबाही सुरू गरेको छ । बलात्कारमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको महानगरीय पहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले बताए । प्रहरीका अनुसार आफूले बलात्कार गरेको पीडक छात्रले स्वीकारेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर