newskoseli.Com

एमसीसीमा आपत्तिजनक बुँदा, संशोधनविना अनुमोदन असम्भव : खनाल कार्यदलको प्रतिवेदन

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले बनाएको कार्यदलले संसदबाट यथास्थितिमा एमसीसी अनुमोदन गर्न नमिल्ने सुझाव एकमतले दिएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय उक्त टोलीले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाउँदै उक्त सम्झौता संसदबाट जस्ताको तस्तै पारित नै हुन नसक्ने उल्लेख गरेका हुन ।

नेपालको कानुनसँग बाझिने गरी गरिएको त्यस्तो सम्झौता प्रस्तुत आधारमा नै पारित हुन नसक्ने हुनाले केही बुदाँहरु सच्याएर पारित गर्न सुझाव दिइएको कार्यदलका संयोजक एवं नेकपाका वरिष्ठ नेता खनालले बताएको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर