newskoseli.Com

वामदेव फेरि घुम्दैफिर्दै संसदमै !

राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन नभएसम्म आफू राष्ट्रियसभाको सांसद नबन्ने सर्त राखेका सत्ताधारी नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः यथास्थितिमै राष्ट्रियसभामा जान तयार भएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाको सिटमा २० फागुनपछि गौतमलाई लैजान लागिएको हो । यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ ।

एमसीसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार दिउँसो बोलाइएको नेकपाको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभामा लैजाने समझदारी बनेको छ । डेढ वर्षको कसरतपछि गौतम ‘मनोनीत सांसद’ का रूपमा संसद् प्रवेश गर्न तयार भएका हुन् ।

‘वामदेव गौतम कमरेडलाई राष्ट्रियसभामा लैजाने सहमति बनेको छ, औपचारिक निर्णय हुन बाँकी छ, कानुनी प्रक्रिया पूरा गरेपछि औपचारिक निर्णय हुन्छ’– नेकपा सचिवालयका एक सदस्यले भनेको खबर नेत्र पन्थीशुरोजंग पाण्डेको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर