newskoseli.Com

मन्त्रिमण्डल चौथो पटक हेरफेर हुँदै : को–को जाँदै, को–को आउँदै ?

सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्श अगाडि बढाएका हुन् । प्रधानमन्त्री ओलीले यसअघि मंसिर १५ मा ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । सरकारका कामलाई प्रभावकारी बनाउन पछिल्लो चरणमा उनले नियुक्त गरेका बाहेक केही मन्त्री हेरेफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए । उनका अनुसार प्रधानमन्त्रीले फागुनभित्रै मन्त्रिमण्डल हेरफेर गर्नेछन् ।

अडियो काण्डमा मुछिएका गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई र सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङलाई दिइएको छ । ओली नेतृत्वको २५ सदस्यीय मन्त्रिमण्डलमा हाल दुई मन्त्रालयमा मन्त्री रिक्त रहेको र अरु केही फेरबदल हुने खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर