newskoseli.Com

‘संशोधनविना एमसीसी पास हुँदैन’ : प्रचण्डको प्रष्टोक्ति

तस्बिर : अजयकुमार साह/रासस

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसी संशोधनपछि मात्रै संसदबाट अनुमोदन हुने बताएका छन् ।

जनकपुर विमानस्थलमा पत्रकारसँग उनले भने– ‘एमसीसीबारे पार्टीले बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि शनिबार बसेको सचिवालय बैठकमा संशोधन र परिमार्जपछि मात्रै एमसीसी अनुमोदन गर्नेबारे छलफल भएको छ । संशोधन र परिमार्जनविना एमसीसी अनुमोदन हुने स्थिति छैन ।’

राजीनामा गरिसकेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको प्रसंग झिक्दै सत्तामा हुँदा कम्युनिस्ट नराम्रो हुने रोग नेपालमा पनि ‘अलिअलि’ देखापरेको प्रचण्डले बताए । बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने उनले बताएको खबर सोमबारको नागिरक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर