newskoseli.Com

‘जन्मोत्सव’ मा ओली, महोत्सवमा प्रचण्ड !

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकास्थित तीनसल्ले पुगे भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चाहिँ मिथिला माध्यमिकी परिक्रमा नामक धार्मिक पदयात्रामा भाग लिन धनुषा पुगे ।

पार्टीभित्र अमेरिकी सहयोग एमसीसीलाई लिएर तीव्र विवाद भइरहेका बेला अध्यक्षद्वय ओली र दाहाल आ–आफ्नै सुरमा ‘जन्मोत्सव’ र महोत्सवमा रुमल्लिएका छन् । प्रधानमन्त्रीसहितको टोली दुई वटा हेलिकप्टरमा तामझामसहित पुगेको थियो भने पूर्वप्रधानमन्त्री दाहाल पनि हेलिकप्टरमै धनुषा पुगेका थिए ।

प्रधानमन्त्री ओलीको ‘जन्मोत्सव’ मा भाग लिन झन्डै दुई सय गाडीमा सहभागीहरू ‘जन्मोत्सव’ स्थल पुगेका थिए । १ सय ५० हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको कार्यक्रममा कति खर्च भयो, यकिन छैन । त्यसो त जन्मदिनको अवसरमा ४ सय वृद्धवृद्धाका लागि लत्ताकपडा, १ हजार ५ सय विद्यार्थीका लागि डायरी र कलम समेत वितरण गरिएको थियो ।

यता, धनुषामा दाहालले मिथिला बिहारी ‘भगवान्’ को ‘डोला’ उठाएर परिक्रमा सुरु गर्नुका साथै हेलिकप्टरमार्फत आकाशबाटै ‘पुष्पवर्षा’ समेत गरे । उता, ओलीले नेपालको नक्सा अंकित केक काटेर ‘जन्मोत्सव’ मनाए । सत्ता हाँकिरहेको पार्टीका अध्यक्षद्वयको ‘जन्मोत्सव’ र महोत्सवमा सहभागितासम्बन्धी यो खबर सोमबारको नगारिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर