newskoseli.Com

बाँस्कोटाको कार्यकक्षमा ‘छापा’ हान्दै ७ वटा डायरी लाने को हुन् ?

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका दिन (फागुन ८ मा) उनको कार्यकक्षमा ‘छापा मारिएको’ भनी चलेको हल्लाले व्यापक चर्चा पायो । तर, अख्तियार दुरुपयोग अुनसन्धान आयोगले भने आफूले छापा नमारेको बताएपछि सो घटना झन् रहस्यमय भएको छ ।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निवर्तमान मन्त्री बाँस्कोटाको सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा ‘छापा मारेको’ दाबी गरेको छ । ‘ती सदस्यहरूले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन् ।’ ती डायरीमा के–के थिए भन्ने विषयमा आफूहरूलाई केही थाहा नभएको बताउँदै स्रोतले भन्यो– ‘मन्त्रीका डायरी हेर्ने त कुरै भएन नि !’

यसबारे थप बुझ्दा अख्तियारले छापा नमारेको जानकारी दिँदै मन्त्रीको राजीनामा आएलगत्तै सरकारी कागजातहरू सुरक्षित राखिएको मन्त्रालयका सचिव दीपक सुवेदीले बताएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर