newskoseli.Com

लुम्बिनीकै सरकारी जग्गामा बसेर ‘बुद्ध भारतमा जन्मिएको’ दुष्प्रचार !

गौतम बुद्धबारे ‘अनुसन्धान’ गर्ने भन्दै लुम्बिनीकै सरकारी जग्गामा बसेको अन्तर्राष्ट्रिय संस्थाले ‘लुम्बिनी भारतमा पर्ने’ भ्रामक प्रचार गरेको भेटिएको छ । ‘लुम्बिनी इन्टरनेसनल रिसर्च इन्स्टिच्युट’ नामक जापानी संस्थाले ‘द बर्थ अफ द बुद्ध’ नामक किताबमा लुम्बिनीलाई भारतको नक्सामा छापेको हो ।

लुम्बिनीबारे गलत प्रचार गरेको भेटिएपछि इन्स्टिच्युटका पदाधिकारीमाथि गृह मन्त्रालयले छानबिन थालेको छ । गृहले पर्यटन मन्त्रालयलाई पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भ्रामक प्रचार गर्ने जापानी इन्स्टिच्युटमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताए । ‘हाम्रो स्वाधीनता र अखण्डतामै आँच आउने गरी केही सामग्री प्रकाशन गरेको कुरा आएपछि हामीले स्पष्टीकरण सोधेका छौं,’ उनले भने– ‘जवाफ आएपछि कारबाही प्रक्रिया अघि बढ्छ ।’

इन्स्टिच्युटलाई लुम्बिनी विकास कोषले १० वर्षका लागि सरकारी जग्गा लिजमा दिएको थियो । लिज सम्झौता १ अप्रिल २०१५ मा भएको हो । इन्स्टिच्युटले सोही जग्गामा भवन बनाएर कार्यालय सञ्चालन गरेको छ । लुम्बिनी इन्टरनेसनल रिसर्च इन्स्टिच्युटलगायत संस्थाका पदाधिकारीहरू निःशुल्क भिसामा नेपालमा छन् ।

पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नै उनीहरूलाई भिसा शुल्क छुट दिने विवादास्पद निर्णय गरेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर