newskoseli.Com

नेपाल छाड्दै गिरिजापुत्री सुजाता !

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छन् ।

अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी–ज्वाइँसँग बस्ने योजना बनाएकी छन् । त्यसनिम्ति सुजाताले काठमाडौंस्थित बेलायती दूतावासमा दसवर्षे भिसाका लागि आवेदन समेत दिइसकेकी छन् । बेलायतले सामान्यतः नेपालीलाई दसवर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न ‘च्यानल’ मार्फत यसका लागि पहल गरिरहेको समाचारमा उल्लेख छ ।

प्रवेशाज्ञा मिल्ने बित्तिकै उनी बेलायतलाई नै मुख्य वासस्थान बनाउने गरी देश छाड्ने तयारीमा रहेको खबर बुधबारको घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर