newskoseli.Com

वामदेवको ‘तागत’ के, जसले पार्टी र शीर्ष नेतृत्वलाई रिंग्याइरहन्छ ?

पार्टीको विधान संशोधन गरेर उपाध्यक्ष । त्यसअघि नै संगठन विभागको प्रमुख । राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्य । आखिर वामदेव गौतमको ‘तागत’ के हो, जसले चाहेको कुरा पुर्‍याइदिन शीर्ष नेताहरूलाई कर लाग्छ ?

उनको खास ‘तागत’ हो– पार्टीभित्र आ–आफ्ना शक्तिशाली गुट चलाउँदै आएका अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल । र, उनीहरुले आफ्नो समीकरण बलियो देखाउन वामदेवलाई ‘तानातान’ गर्नु । त्यसैको फाइदा उठाउँदै गौतमले भूमिका बढाउन खोजिरहेका छन् । गौतम निकट केन्द्रीय सदस्य हरि पराजुलीका शब्दमा, पार्टीको बाहिरी संगठनात्मक क्षेत्रमा गौतम कमजोर देखिए पनि भित्री समीकरणमा शक्तिशाली छन्; सोही कारण ओली, दाहाल र नेपालसम्मलाई उनको आवश्यकता परेको हो ।

‘तत्कालीन एमाले र माओवादी एकीकरण प्रक्रियामा वामदेव नभई भएन । उहाँ (वामदेव) अध्यक्षकै पुस्ताका नेता पनि हुनुहुन्छ । वामदेवसँग बाहिरी शक्ति नदेखिए पनि भित्री शक्ति बलियो छ । जोड–घटाउका सबै गतिविधिमा उहाँको महत्त्व बढेकै छ’– पराजुलीको ठम्याइ छ ।

पार्टीभित्रै अर्को आशंका छ– जस्केलाबाट सांसद बनाएर उनलाई कताबाट प्रधानमन्त्री बनाइन्छ ? ओली र दाहालबीच सरकार र पार्टीको कार्यकारी अधिकार पाँचै वर्षका लागि बाँडिएको छ । उसोभए गौतमको चाहना के त ? उनी निकट नेता पराजुली भन्छन्– ‘संविधान संशोधन गरेर दुवै सदनका बीचमा देखिएको विभेद अन्त्य गरे पनि उहाँ (वामदेव) प्रधानमन्त्री बनिहाल्ने भन्ने होइन । राष्ट्रियसभा सदस्य मात्र हुन उहाँ किन जाने ? प्रधानमन्त्री बन्न नपाए पनि कम्तिमा मन्त्री त बन्न पाउनुपर्‍यो नि ! त्यसका लागि पनि संविधान संशोधन चाहिन्छ ।’

चर्चाको शिखरमा पुगेको संविधान संशोधनसम्बन्धी होहल्ला र वामदेवको महत्त्वाकांक्षासम्बन्धी यो खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर