newskoseli.Com

‘संसद, प्रदेश र स्थानीय तह फेराैं, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऊँ’ : संसदमा सत्ताधारी नेताकाे गम्भीर प्रस्ताव

सत्तारुढ नेकपाका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले कार्यकारी राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद तामाङले नेपालको शासकीय स्वरुप महँगो भएको भन्दै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने तर्क गरेका हुन् ।

नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको विषयमा विवाद भइरहेका बेला पूर्वकानुनमन्त्री समेत रहेका तामाङको यस्तो धारणा आएको हो । संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको प्रावधान राख्न उनले प्रस्ताव गरेका हुन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जान पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने १ सय ५१ सदस्यीय एक सदनात्मक व्यवस्था गर्नुपर्ने, संविधानको प्रस्तावनाप्रति प्रतिबद्ध रहेर प्रदेशको संरचना घटाएर समन्वयकारी निकायका रूपमा परिणत गर्नुपर्ने, ७ सय ५३ वटा स्थानीय तहको संख्या घटाएर ३ सय ५० मा झार्नुपर्ने तर्क तामाङले गरेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर