newskoseli.Com

भव्य विवाह पार्टी सकियो तर बेहुला नै आएनन् !

राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा (बेहुला) नै नआएपछि हल्लीखल्ली मच्चिएको छ । काठमाडौंको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएका जन्ती नै नआएपछि केटी पक्षले प्रहरीमा उजुरी गरेको छ ।

आफूलाई इञ्जिनियर बताउने आश्रेय बस्नेतले घर सिनामंगल भएको र डाक्टरका छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुबीच टीकाटालो पनि भएको थियो । टीकाटालोमा केटी पक्षले केटा पक्षलाई चार तोला सुनका गहना समेत दिएको थियो । प्रहरीमा उजुरी गरेपछि प्रहरी बस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरामा बस्ने रहेछन् र त्यो कोठामा ताला लागेको थियो । केटा पक्षले हजूरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् ।

कार्डमा दिइएको केटाका बाबु–आमाको नाम पनि नक्कली रहेको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेछ । काठमाडौंमा नभेटिएका बस्नेत अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट स्रोत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन ।

उनले के कारणले यस्तो गरे भन्ने खुलेको छैन । उनलाई आपराधिक विश्वासघात र ठगी मुद्दा चलाउने भइरहेको छ । प्रहरीका अनुसार करिव १५ दिनअघि पनि यस्तै उजुरी आएको थियो । फरार रहेका ती दुलाहा भने अझै फेला नपरेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर