newskoseli.Com

२८ जनाको मृत्युपछि रोकियो दिल्लीको हिंसा

भारत सरकारले ल्याएको विवादास्पद नागरिकता कानुनको विरोध र समर्थनमा राजधानी दिल्लीमा भड्किएको हिंसा २८ जनाको मृत्युपछि बल्ल रोकिएको छ । हिंसाग्रस्त क्षेत्रहरुमा अहिले कुनै अप्रिय घटना भएका छैनन् र त्यहाँ सवारी साधनहरु पनि चल्न थालेका छन् ।

दिल्लीको उत्तरपूर्वी क्षेत्रमा भड्किएको हिंसामा अहिलेसम्म मृत्यु हुनेको संख्या २८ पुगेको छ । बिहीबार बिहान स्थानीय गुरु तेगबहादुर अस्पतालमा थप एक जनाको मृत्यु हुँदा मर्नेको संख्या २८ पुगेको हो । सोही हिंसाका क्रममा घाइते हुनेहरुको संख्या १ सय ५० भन्दा बढी छ ।

व्यापक सुरक्षाकर्मीको परिचालनका कारण बुधबार कुनै अप्रिय घटना नभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । दिल्ली प्रहरीका जनसम्पर्क अधिकारी एमएस रंधावाले बुधवार पत्रकार सम्मेलन गर्दै हिंसा मच्चाएको आरोपमा अहिलेसम्म १ सय ६ जनालाई गिरफ्तार गरिएको र १८ वटा उजुरी दर्ता गरिएको बताए ।

सीसीटीभीको भिडियोका आधारमा कारबाही चलाइएको एमएस रंधावाले बताए । उनका अनुसार प्रभावित क्षेत्रमा ठूलो संख्यामा ड्रोन क्यामेराबाट समेत निगरानी भैरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर