newskoseli.Com

सरकार ढल्ने चिन्तामा प्रधानमन्त्री !

पछिल्ला राजनीतिक घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको भविष्यप्रति चिन्तित देखिएका छन् । प्रम ओलीसँगको भेटपछि कांग्रेस नेता डा. शेखर कोइरालाले पछिल्ला राजनीतिक घटनाक्रमबाट प्रधानमन्त्री सशंकित देखिएको बताएका हुन् ।

डा. शेखरले भनेका छन्– ‘‘उहाँलाई अलि बढी चिन्तित पाएँ, खासगरी स्थिरताको विषयमा । हुन पनि हाम्रो देशमा दुईतिहाइ बहुमत लिएर बीपी कोइरालाको सरकार बन्दा पनि राजनीति स्थिर भएन । ०४८ पछि गिरिजाप्रसाद कोइराला नेतृत्वको बलियो सरकार पनि ढल्यो । अहिले पनि दुईतिहाइ सरकार छ तर अस्थिरताको आशंका छ ।’

डा. शेखरले अगाडि भने– ‘यही परिवेशमा उहाँले मलाई बोलाउनुभएको हो; मसँग मात्र कुरा गरेर के गर्ने ? तपाईंले पार्टी सभापति शेरबहादुर देउवाजीलाई पनि भेट्नोस्, कुरा गर्नोस् भनेंं । उहाँले भेटेको छु, अस्ति पनि भेटें तर म मात्र होइन, हाम्रै सचिवालयका साथीहरूले पनि भेटेका छन् । सूचना त मसम्म पनि आइपुग्छ नि भन्नुभयो ।’

डा. कोइरालाले सुनाए– ‘उहाँले खासगरी राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने विषयमा पार्टीभित्र भएको विवादको प्रसंग उठाउनुभयो । त्यसमा तपाईंको धारणा के छ भनेर उहाँले मलाई सोध्नुभएको थियो । मैले भनें– कसलाई मनोनयन गर्ने भन्ने विषयमा हाम्रो भनाइ केही छैन । सरकारले सिफारिस गर्ने हो, राष्ट्रपतिले मनोनयन गर्ने हो । तर, कुनै व्यक्तिका नाममा संविधान चलाउन पाइँदैन । त्यसले विकृति–विसंगति ल्याउँछ, जसलाई हामीले थाम्नै सक्दैनौं । त्यसैले त्यो बाटोमा नलागौं । तर, त्यो कुरा हाम्रा साथीहरूले बुझेनन् भन्नुभयो ।’

विपक्षी दलका एक प्रभावशाली नेता र प्रधानमन्त्रीबीचको भेटघाटसम्बन्धी यो खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर